भारतलाई उसको बौद्धमार्ग पूनर्जीवित गर्ने योजनाका लागि निर्वासित तिब्बतीहरुको सहयोग आवश्यक छ ?

मुख्य समाचार विचार विषेश समाचार

–हिरण्यलाल श्रेष्ठ
भारतले हालका वर्षहरुमा बौद्धमार्गको पूनर्जीवितिकरण गर्ने महत्वकांक्षी योजना बनाएको छ । आफ्ना केही मजबुत र केही सामान्य शक्तिका साधन श्रोतहरुको साथमा, भारत बौद्ध सांस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ । यो कुरा सन् २०११ मा दिल्लीमा भएको विश्व बौद्धमार्गी सम्मेलन, २०१४ को सेप्टेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा सम्पन्न २१औं शताब्दी अन्तर्राष्ट्रिय सम्मेलन तथा भारतकै आन्ध्र प्रदेशमा विकसित बौद्धमार्गी करिडरका साथ मोदी सरकारका पालामा राष्ट्रिय शक्ति तथा रणनीति विकासका लागि सांस्कृतिक शक्तिलाई सवलीकरण गर्न गरिएका प्रयासहरुबाट प्रष्ट हुन्छ ।

भारतमा विकसित बौद्धमार्गीको लामो इतिहास छ र यसका धेरै श्रोत साधनहरु पनि छन् । भारतमा भएका बौद्धधर्मका लागि पवित्र स्थानहरु वोधगया (बुद्धले वोधिसत्व प्राप्त गरेको स्थान), सारनाथ (बुद्धकोे प्रथम धर्मदेशना भएको स्थान) र नालन्दा मठ (जहाँ बौद्ध ग्रन्थहरु सदियौंदखि उपलब्ध छन्) ले बुद्धधर्मका मूल्यवान सम्पत्तिहरु मात्र उपलब्ध गराउँदैनन् बरु बौद्धमार्गको आधार र त्यसलाई जिवितिकरण गर्नसमेत ठोस आधार उपलब्ध गराउँछन् । तैपनि यो कार्य गर्नलाई भन्दा भन्नलाई सजिलो छ । र यस्तो लाग्छ कि महान विचारका प्रणेताहरु त्यसको व्यवहारिक प्रयोगमा सधैँ असफल हुन्छन् । भारतका लागि नालन्दा विहार (मठ) विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि सरकारले यसलाई ‘बौद्धमार्गीहरुको पवित्र भूमि’ बनाउने र यसको ऐतिहासिक गौरवलाई पूनःस्थापति गर्ने चाहना राखे तापनि उक्त योजना आवश्यक कोषको व्यवस्थापन गर्न नसकेर स्थगित गरिएको थियो । रिपोर्टले के जनाउँछ भने सन् २०१४ मा नालन्दा विश्वविद्यालयमा शिक्षण सुरु गरिँदा मात्र ११ शिक्षक र १५ विद्यार्थी थिए र हाल पनि सो विद्यार्थी भर्ना दर न्यून नै छ र शिक्षण भवन तथा व्यवस्थापन पक्षको विकासमा भारतले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको छैन । भारतीयहरुले सधैँ बलिया योजना तर फितलो कार्यान्वयन प्रस्तुत गर्ने गर्छन् जुन नालन्दा सांस्कृतिक सम्पदाको नालन्दा विहारलाई नालन्दा विश्व विद्यालय बनाउने कार्यले बुझाउँछ ।

हाल नालन्दा विश्व विद्यालय बाहिरी समूहले सञ्चालन गरेको छ । श्रोतका अनुसार जीवित बुद्ध कीर्ति जो तिब्बती बुद्धधर्मका गेलुङ सम्प्रदायका प्रख्यात हुन् र धर्मशालामा बसिरहेका छन् । उनले हाल भव्य नालन्दा बुद्ध कलेज बनाउन ठूलो लगानी गरिरहेका छन् । उक्त कार्यमा १४औं दलाईका प्रतिष्ठित पाहुना तथा तिब्बती बौद्धमार्गी र तिब्बती कार्यकारी केन्द्रीय समितिका नेता लोब्साङ साङ्गेले पनि उक्त कार्यमा लगानी लगाईरहेका छन् । उनीहरुको कार्यको अन्तरवस्तु चाँहि तिब्बती बौद्धमार्गको उत्कृष्ठतालाई प्रवद्र्धन गर्नु हो । प्रवासी तिब्बतीहरुको बुद्धधर्मलाई आत्मसात गरी त्यसलाई जोगाई राख्नु ध्येय हुन सक्छ । तर त्यसले विभिन्न समस्या निम्त्याउन सक्छ । हुन सक्छ कानूनी प्रावधानको रुपमा भारतीय सरकारको विहारमा नालन्दा विश्वविद्यालय बनाउने योजना र विश्व सम्पदा सूचीलाई गरिने सुरक्षाजस्तो विषयमा विवाद आउन सक्छ र यसको ख्यातीप्रतिको अधिकार उपर प्रश्न उठ्न सक्छ । यस अर्थमा कि भारतको नालन्दामा नालन्दा विश्वविद्यालय र उक्त ठाउँमा बौद्धमार्गको पूनर्जीवितिकरण गर्ने कार्य भारतको गौरव हो तर यसमा निर्वासित तिब्बतीहरुले नेतृत्व गर्नु, अतिथिबाट अतिथेय बन्ने प्रयत्न गर्नु शंकास्पद छन् । निर्वासित तिब्बतीहरुलाई हेर्ने हो भने उनीहरु जतासुकै मन्दिर, धर्मशाला निर्माण गरिरहेका छन् । धर्मशाला भन्नु व्यर्थ छ कि भारतीय भूमिमा भव्य दरवारजस्ता ग्यादेन गुम्वा, ड्रपुङ गुम्वा, सेटा गुम्वा (विहार) हरुले १०० एकड भन्दा बढी क्षेत्रफल ओगटेका छन् र हजारौं भिक्ष्ॉहरुले भरिएका छन् । तीनलाई देख्दा लाग्छ कि तिब्बती धर्म भारतमा फस्टाई रहेको छ र तिब्बतीहरु अतिथिको रुपमा बसेर अतिथेय बन्दै गएको अवस्था छ । यो भोक दिनानुदिन बढ्दै गएको देखिन्छ । ‘जुन तृर्णले हावाको दिशा बताउँछ’ भन्ने उखानसँग चरितार्थ हुँदै गएको बुझ्न सकिन्छ । यद्यपि भारतले नालन्दालाई विश्व बौद्ध धर्मको केन्द्र बनाउन तुच्छ प्रयत्न गरेकै छ ।

विगतलाई हेर्ने हो भने भारतले बुद्ध जन्मभूमि लुम्बिनीमाथि पनि धावा बोल्न दलाई लामालाई अघि सारेर आफ्नो विचार व्यक्त गरेको र त्यसलाई नेपालका आमसञ्चार माध्यमले खण्डन र आलोचना पनि गरे । उक्त विषयमा प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रुपमै बोले । अब, नालन्दा बौद्ध एकेडेमीको निर्माणको कार्यबाट मूल्याङकन गर्ने हो भने, भारतले आफ्नो महान दृष्टिकोण उपर आफैँले आफैँलाई आत्मकेन्द्रित भएर मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ । भारतले समग्र विश्वलाई हेर्नुपूर्व आफ्नै मामिलालाई हेर्नु र विचार पुर्याउनु पर्ने हुन्छ । अहिले दलाई तिब्बती बुद्धधर्म नालन्दाको बुद्धधर्मबाट उत्पत्ति भएको धर्म मान्छन् र भारतले बुद्धधर्मको प्रचार प्रसार गर्न र अघि बढाउन नसकेको स्वीकार्छन् । के त्यसो हो भने उनी नै हुन त भारतको जिम्मेवारी आफ्नो काँधमा लिएर अघि बढ्ने ? प्रश्न उठ्न सक्छ । कडा बोली र फितलो व्यवहार भएको भारतीय प्रशासन यो र यस्ता मामिलामा व्यावहारिक हुन पर्छ र तिब्बती निर्वासित भिक्ष्ॉहरुबाट पनि सिक्नु पर्छ ।

तिब्बती लामाहरु भारतमा पश्चिमाहरुको आर्थिक सहयोगमा भारतीय भूमिमा उद्भव भएको सक्कली बौद्धधर्मलाई पाखा लगाई परिस्कृत तिब्बती बौद्ध धर्म प्रचारमा उद्धत छन् । तिब्बती बौद्ध धर्ममा पनि परिस्कार र तोडमोड पर्याप्त मात्रामा गरिएका छन्, विशेषत दलाईका अनुयायीहरुबाट, त्यो पनि पश्चिमा संसारको डिजाइन अनुरुप । भारतीय सरोकारवाला पक्ष र अधिकारीहरुले पनि भारतीय बुद्धधर्ममा भएका अन्यथा हस्तक्षेपहरुबाट धर्मलाई जोगाउन र आफ्नो गौरवमय विगतलाई ठीक बाटोमा मोड्न बेलैमा सचेत हुनुपर्छ र अतिथिहरुले पनि अतिथेयका वास्तविकता र ऐतिहासिक योगदानहरु उपर पश्चिमाको सेवा गर्न हस्तक्षेप गर्नुहुन्न ।


(लेखक वरिष्ठ कुटनीतिज्ञ तथा रुसका लागि नेपाली पूर्वराजदूत हुन् ।)