प्याज खानुका फाइदै-फाइदा !

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, २२ जेठ, २०७६ । तपाईंलाई प्याज कत्तिकाे मन पर्छ ? वा प्याज खाने बानी छ कि छैन ? यदी छैन भने आजैदेखि खानामा प्याजलाई समावेश गरे हुन्छ । यदी स्वादकाे लागि मात्र प्याजकाे सेवन गरिरहनु भएकाे छ भने यसकाे सेवनले स्वास्थ्यमा पुग्ने लाभ बारे तपाईंलाई थाहा नहुन सक्छ ।

प्याजकाे नियमित सेवनले शरीरलाई धेरै लाभ पुर्याउँछ । प्याजकाे सेवनले राेगकाे संक्रमणकाे खतराबाट बचाउँछ । प्याजले मुटुराेगीलाई फाइदा गर्छ । शरीरमा भएकाे रक्तचापलाई नियमित राख्नुका साथै क्यान्सरबाट बचाउँछ । यसका साथै मधुमेह राेगबाट पनि बचाउँछ । धेरै गर्मी छ वा लू लागेमा प्याजकाे रस खाँदा शरीरलाई फाइदा गर्छ ।

गर्मीमा मात्र हाेइन चिसाे लागेकाे भएपनि प्याजकाे सेवनले फाइदा गर्छ । प्याजले शरीरलाई मात्र नभइ सुन्दरतामा भूमिका खेल्छ । कपाल झर्ने समस्यामा पनि याे काइदा छ । प्याजकाे रस लगाएर कपाल धुने यसाे गर्नाले झर्ने समस्या विस्तारै कम हुँदै जान्छ । साथै कपाल चमकदार र बलियाे पनि हुन्छ ।