राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएकाे चिकित्सा शिक्षा ऐनमै त्रुटि !

मुख्य समाचार शिक्षा स्वास्थ्य

काठमाडौँ, २२ जेठ, २०७६ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पाेखरेलले राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएकाे चिकित्सा शिक्षा ऐनमा त्रुटि भएकाे बताएका छन् । नेशनल बाथ सेन्टरकाे वार्षिकाेत्सवमा मन्त्री पाेखरेलले चिकित्सा शिक्षा ऐनकाे केही बुँदा त्रुटि भेटिएकाे बताएका हुन् ।

उनले भूलवश भएको त्रुटिलाई संसोधन प्रस्ताव हाली संसदबाट पारित गराउने बताए । उनले भने, ‘भूलवश त्रुटि भएकाे हाे । मैले सभामुख कृष्णबहादुर महरासँग भेटेर यस विषयमा कुरा गरिसकेकाे छु । अब संशाेधन प्रस्ताव हालेर सच्याउनु पर्नेछ । प्रमाणपत्र तह भन्दा मुनिका स्वास्थ्य संस्था फेजआउट गर्ने /नगर्ने, कसरी गर्ने भन्ने विषय आयोगलाई दिइने भनिएको र अर्को बुँदामा फेजआउट गर्ने कुरा स्पष्ट ढंगले लेखिएकोले कानुन बाँझिएको मन्त्री पाेखरेलले बताए ।

नेपाल विज्ञान प्रविधिकाे नयाँ युगमा प्रवेश गरेकाे बताउँदै मन्त्री पाेखरेलले यही आर्थिक वर्षभित्र शिक्षा नीति टुंग्याउने तयारी भएकाे जानकारी दिए। शिक्षा नीतिकाे विषय टुंगिएपछि विज्ञान तथा प्रविधि नीति बनाइ यसलाई व्यवस्थित गरिने उनकाे भनाई छ ।