हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि छिट्टै सडकमा आउँछौं : अध्यक्ष पशुपति शमशेर राणा

मुख्य समाचार राजनीति

काठमाडौं, २२ जेठ, २०७६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । बुधबार आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन् ।

अध्यक्ष राणाले भने, ‘नेपाललाई विदेशीको इशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्षता बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्टाउँछौं ।’ उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले अब सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि विदेशी सहयोग नचाहिनेपनि स्पष्ट पारे । राणाले थपे, ‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन । हामीसँग भएको संख्या नै काफी छ ।’