लागू औषधसहित ४ युवा पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

उदयपुर, २१ जेठ, उदयपुर प्रहरीले लागू औषधसहित एकै दिन ४ युवालाई पक्राउ गरेको छ । विभिन्न ४ खालका प्रतिबन्धित लागू औषधसहित त्रियुगा नगरपालिका ११ साकेलाटोलबाट युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आइतबार साँझ नियमित गस्तीको क्रममा पक्राउ पर्नेहरुमा त्रियुगा ११ का २० वर्षीय रमेश देउजा, २५ वर्षीय दिनेश पराजुली, १९ वर्षीय अमर कार्की र २४ वर्षीय आदेश ओझा रहेको प्रहरी प्रवक्ता हरिकृष्ण केसीले बताए । एकै ठाउँ रहेका उनीहरुमाथि शंका लागी शरीर खानतलासी लिँदा फेनारगन, डाईजोल्याप र नोफिन बरामद भएको प्रहरीले जनाएको छ ।

डिएसपी केसीका अनुसार युवाहरुको साथबाट फेनारगन ३ थान (एम्पुल), डाईजोल्याप ३ एम्पसल र नोफिन ३ एम्पुल बरामद भएको छ । पक्राउ चारैजनामाथि लागू औषधसम्बन्धी कसुर अन्तरगत सोमबार अदालतबाट म्याद थपेर कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।