मुख्यमन्त्री पोखरेल असारमा चीन जाने

प्रदेश मुख्य समाचार विषेश समाचार

रुपन्देही, २१ जेठ, २०७६ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो असारमा चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्यूनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन् ।

असार २५ गतेदेखि साउन १ गतेसम्म मुख्यमन्त्री पोखरेलको भ्रमण हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको भ्रमण स्विकृत गरी संघीय सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

चीनसँग प्रदेश सरकारको सम्बन्ध दिगो बनाउन फलदायी हुने सरकारका प्रवत्ता वैजनाथ चौधरीले बताए । मुख्यमन्त्री पोखरेलले चीन भ्रमणमा गरिबी निवारण तथा विकाससम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छन् । भ्रमणबाट नेपाल र चीनका शहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्नसमेत सहयोग पुग्ने प्रवत्ता चौधरीले बताए ।