पन्ध्र वर्षीया किशोरी शितलको मुख्य हत्यारा पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार समाज

पाँचथर, २० जेठ, २०७६ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर– ४ पञ्चमी स्थित कार्तिके बस्ने १५ वर्षीया किशोरी शितल योङहाङको मुख्य हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर- २ पात्लेभन्ज्याङ बस्ने पदम तामाङ स्याङ्बो (१९) लाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो ।

स्याङ्बोलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको संयुक्त ब्युरो टोलीले खोजतलास गर्ने क्रममा झापाको दमक स्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो ।

स्याङ्बोलाई जेठ १९ गते पक्राउ गरी पाँचथर अदालतबाट कर्तब्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भगिरथ बास्तोला भने घटना भएको भोलिपल्टै पक्राउ परेका थिए ।

शितललाई यही वैशाख २९ गते रातको साढे सात बजेको समयमा घाँटी रेटेर हत्या गरी उनीहरु फरार भएका थिए ।