त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, १८ जेठ, २०७६ । त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको प्रत्यारोपण भएको छ । अस्पतालका लिभर ट्रान्सप्लान्ट सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले हिजाे एक विरामीमा कलेजो प्रत्यारोपण गरेको हो ।

डा. भण्डारीकाे टोलीले ५८ वर्षीया पुरुष बिरामीको कलेजो प्रत्यारोपण गरेको अस्पतालले जनाएकाे छ । साे टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट लिभर ट्रान्सप्लान्ट सर्जन डा. निरभको टोली नेपाल आएको थियो ।

कलेजो बिग्रिएका ती बिरामीलाई उनकै ३३ वर्षीय छोरीले कलेजो दान गरेकी हुन् । प्रत्यारोपणका लागि १२ देखि १३ घण्टा लागेको अस्पतालले जनाएकाे छ । सफल प्रत्याराेपणपछि अब नियमित रुपमा कलेजाे प्रत्याराेपण गर्ने अस्पतालकाे भनाई छ ।