रौतहट, १७ जेठ, २०७६ । चट्याङ लागेर रौतहटमा एक जनाको ज्यान गएको छ । रौतहटको मौलापुर नगरपालिका– ९ सोनरनियामा चट्याङ लागेर एकजना अधवैसे पुरुषको ज्यान गएको हो ।
शुक्रबार साँझ अबेर आएको आँधीहुरी र वर्षासहित परेको चट्याङ लागेर सोनरनियाका ४५ वर्षीय जैसी पटेलको घटनास्थलमै मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको बेला एक्कासी ठूलो आवाजसहित परेको चट्याङमा परेर पटेलको घटनास्थलमै मृत्यु भएको थियो । ठूलो आवाजसहित चट्याङ परेकोले स्थानीइ त्रसित बनेका थिए ।
चट्याङ लागेर पटेलका दुई बाखा र एक खसी पनि घाइते भएको स्थानीय रत्नेश श्रीवास्तवले बताए ।