रौतहटबाट अवैध हतियारसहित एकजना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

रौतहट, १६ जेठ, २०७६ । रौतहटमा अवैध हतियारसहित एकजना अधवैंसे पक्राउ परेका छन् । रौतहटको परोहा नगरपालिका ९ बसनपटिका ४५ वर्षीय छोटेलाल साहलाई रौतहट प्रहरीले अवैध कटुवा पेस्तोल र छुरासहित मंगलबार पक्राउ गरेको हो ।

साहलाई ईशनाथ नपा ४ लतमरीबाट पक्राउ गरिएको हो । साहको साथमा रहेको एउटा ल्यापटप, एक थान मोबाइल, एउटा पेनड्राइभ, नेपाली सबा पाँच हजार र भारतीय चार हजार एक सय रुपैयाका साथै एनसेलको एउटा सिमकार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।

सीमा प्रहरी चौकी बन्जरहाबाट प्रहरी नायब निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटेको प्रहरी टोलीले साहलाई पक्राउ गरिएको हो ।

साहले हतियार कहाँबाट ल्याएको हो भन्ने विषयमा रौतहट प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तस्विर: सांकेतिक