भाषाथुवा उपाधि डा. कंसाकारलाई

कला/संस्कृति मुख्य समाचार

काठमाडौं, १६ जेठ, २०७६ । नेपालभाषा परिषद्ले मूर्धन्य साहित्यकार कविकेशरी चित्तधर हृदयको ११३ औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा कालिमाटीस्थित उनको पूर्णकदको सालिकमा वरिष्ठ साहित्यकारहरुसहित परिषदका पदाधिकारीहरुले फूलको गुच्छा चढाई श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा उनले भाषा साहित्यको विकासको लागि पु¥याएको योगदानको चर्चा पनि भएको थियो । कविकेशरी चित्तधर हृदयले महाकाव्य, कथा, कविता, निबन्ध तथा भाषिक जागरणसम्बन्धी विविध विधाका रचनाहरुकोे माध्यमबाट नेपालभाषा र साहित्यको पुनरुत्थान एवं उन्नयनका लागि उल्लेख्य योगदान गरेका थिए ।

यसैबीच परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आएको भाषाथुवा उपाधि अनुवादक डा. तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ । चित्तधर पुरस्कार भने नागार्जुन पब्लिेकशनलाई र पूर्णहीरा पुरस्कार साहित्यकार शान्तराज शाक्यलाई प्रदान गर्ने घोषणा गरेको छ । परिषद्ले उपाधि एवं पुरस्कार आगामी असार ७ गते एक कार्यक्रमको आयोजना गरी प्रदान गर्ने जनाएको छ ।