मनु यसरी आइन् गायन क्षेत्रमा, समाजसेवामा पनि औधी रुचि

मनोरञ्जन मुख्य समाचार

मनु लिम्बू नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी मनु वाल्यकालमा निक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भविष्य बनाउँछन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् । पुरस्कार पनि पाउँथिन् । तर पछि उनले अझ राम्रो लक्षण देखाइन्, गायनमा । सो अनुरुप उनी लामो समयसम्म संगीत साधनामा लागेर पहिलो एल्बम निकाल्न सफल भइन् ।

गायनबाट परिचित उनी गायनको शिलशिलमा देश, विदेश पनि पुगिन् । गायिकाको रुपमा आफूलाई स्थापित गर्ने यात्रा जारी छ, उनको । पहिलो एल्बमबाट आम्दानी भन्दा पनि नेपाली गीतसंगीत क्षेत्रमा भोग्नुपर्ने संघर्षबारे अवगत भइन मनु । ‘नेपाली गीत, संगीतलाई बुझ्ने मौका पाएँ’,मनु भन्छिन् । ‘मन्द मन्द’, ‘गुनासो रह्यो’, र ‘छनछन चुरा बज्यो’, स्रोताहरुले रुचाएको गीत हो उनको ।

गायन क्षेत्रमा सोचे भन्दा राम्रो सफलता पाइरहेको उनको बुझाई छ ।

पेशाले ब्युटिसियन पनि रहेकी मनु समाजसेवामा पनि रुचि राख्छिन् । बालबालिकाका तथा जेष्ठ बुबा आमाहरुको सेवा गर्न उनलाई औधी मनपर्छ । गायन क्षेत्रबाट कमाएको केही रकम उनी बालबालिकाहरुलाई सहयोग गर्दै आएकी छिन् । भविष्यमा पनि संस्थामा मार्फत बालबालिका र असहायहरुको सेवा गर्ने मनुको सोच छ । जसको लागि उनी लागिरहेकी छिन् । नृत्यमा राम्रो थियो किन गायनमा भन्ने प्रश्नमा भन्छिन्, ‘सानोमा राम्रो नाच्थे पनि यद्यपि, गायन र नृत्य मध्ये एउटा च्वाइज गर्दा गीत संगीतलाई अंगालेँ तर मोडलिग मार्फत आफ्नो नृत्यकला पनि देखाईरहेको छु ।’