चट्याङ लागेर एक युवाको निधन

मुख्य समाचार समाज

लमजुङ, १५ जेठ, २०७६ । सोमबार साँझ परेको चट्याङबाट मध्यनेपाल नगरपालिका– ३ सूर्यपालका एक युवाको निधन भएको छ । मंगलबार साँझ पाँचबजे तिर परेको चट्याङमा परेर लामाचौरका १८ वर्षीय युवा सुनिल साँखीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा बिउ राखेर फर्किदै गरेको अवस्थामा एक्कासी चट्याङ परेको र त्यसले साँखीको कपडा, कपाल, पेट लगायत विभिन्न भाग जलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । खेतमा गएका उनी राती अबेरसम्म घर नआएपछि खोजी गर्दा करिब ११ बजेतिर खेतमा मृत अवस्थामा भेटिएको बुबा शेषकान्तले बताए ।