प्रदेश एकमा जेठ १३ देखि बजेट अधिवेशन

प्रदेश मुख्य समाचार

विराटनगर, ७ जेठ, २०७६ । प्रदेश १ को बजेट अधिवेशन जेठ १३ गते आह्वान गरिएको छ । सोमबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले बजेट अधिवेशन आह्वान गरेका हुन् ।

आइतबार प्रदेश १ को मन्त्रीपरिषद्ले जेठ १३ गते १ बजे प्रदेशको बजेट अधिवेशन सुरु गर्न प्रदेश प्रमुख तुम्बाहाङलाई सिफारिस गरेको थियो । मन्त्री परिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखबाट बजेट अधिवेशन आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा ९ बमोजिम प्रदेशसभाको चौथो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी दिए ।

जेठ १३ गतेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश सरकारको आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सल्लाहकार रेग्मीले बताए ।