सुर्खेतका विभिन्न स्थानबाट नौ थान हतियार बरामद

ट्राफिक/प्रहरी मुख्य समाचार

सुर्खेत, ६ जेठ, २०७६ । प्रहरी चौकी बड्डीचौरले विभिन्न समयमा नौ थान हतियार बरामद गरेको छ । बड्डीचौर प्रहरी चौकीले दुई साताको अवधिमा नौ थान हतियार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहताल गाउँपालिका–५ करियापानीबाट दुई नाल, लेखगाँउबाट एक नाल र सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत गस्ती गर्ने क्रममा छ थान भरुवा बन्दुक बरामद गरिएको हो ।

तस्विर: सांकेतिक