राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रोकिएको डायलासिस सेवा पुनः सुरु

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

भक्तपुर, ५ वैशाख, २०७६ । नर्सको आन्दोलनका कारण शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा शनिबार रोकिएको डायलासिस सेवा आइतबारदेखि पुनः सुचारु भएको छ । वैशाख ११ गतेदेखि चलेको आन्दोलन शनिबार उत्कर्षमा पुगेका कारण डायलासिस सेवासमेत बन्द भएको थियो ।

आन्दोलनरत नर्सलाई पक्राउ गर्नुृका साथै सेवारत नर्सहरुसमेत जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिन पुगेपछि शनिबार इर्मेजेन्सीबाहेक डायलासिस सेवासमेत बन्द भएको थियो ।

मृगौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलाराम सुवेदीले शनिबार बन्द रहेको डायलासिस सेवा आइतबारदेखि पुनः सुचारु रहेको जनाए । कार्यरत नर्सहरुले विभिन्न माग राखी आन्दोलनरत रहेका कारण केन्द्रको सेवासुविधा अस्तव्यस्त छ । नर्सले राखेको विभिन्न मागलाई सरोकारवालाले वेवास्ता गरेपछि नर्सहरु अनशन बस्दै आएका छन् ।