बाघको छालासहित तीन जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

धादिङ, ५ जेठ, २०७६ । बाघको छालासहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गल्छी गाउँपालिका वडा नं.– ७ गल्छीबजारमा रहेको हाम्रो होटलबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले एक थान बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर ३ बस्ने ३१ वर्षीय सुमन दर्जी, सोही ठाउँका ४५ वर्षीय विष्णु बहादुर सुनार र ४१ वर्षीय कुमार खड्का रहेका छन् । पक्राउ गरिएका व्यक्तिलाई जिल्ला वन डिभिजन कार्यालय धादिङमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।