मारेको चित्तलसहित पक्राउ

मुख्य समाचार समाज

नेपालगन्ज, ३१ वैशाख, बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ बालापुरमा मारेको अवैध चित्तलसहित एक ब्यक्ति पक्राउ परेका छन् । स्थानीय ५२ वर्षीय बाँडु चौधरी पक्राउ परेका हुन् ।

राष्ट्रिय वनमा चित्तल मारेर साईकलमा लोड गरी घर फर्किदै गरेको अवस्थामा बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले पक्राउ परेका थिए ।

कुकुरलाई प्रयोग गरेर मारिएको उक्त चित्तलसहित अभियुक्त चौधरीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको निकुञ्ज मुद्दा शाखाका नायव सुब्बा मोहन सापकोटाले जानकारी दिए । घटनामा संलग्न रहेका अर्का एक ब्यक्ति फरार रहेको उनले बताए ।

Loading...