डिआइजी पोखरेल प्रहरी प्रवक्ता नियुक्त

ट्राफिक/प्रहरी मुख्य समाचार

काठमाडौँ, ३० वैशाख, प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको छ । प्रहरी प्रधान कार्यालयले आज एक फेसबुक स्टाटसमार्फत पोखरेललाई सो जिम्मेवारी दिइएको जनाएको हो ।

जारी सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी तोकिएको छ ।’

पोखरेल केही दिन अघि मात्रै प्रशासन तथा प्राविधिक तर्फका प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नती भएका थिए । यता यसअघिका प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएर गएपछि सो पद खाली थियो ।

Loading...