भेट्टाएको नगद र गहना फिर्ता

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

तनहुँ, ३० वैशाख, २०७६ । इन्सपेक्टर हरी बहादुर क्षेत्री ईलाका प्रहरी कार्यालय चिसापानी स्याङजामा कार्यरत छन् । शनिबार उनी गस्तीमा निस्किएका थिए । गस्तीमा निस्किएका उनले हरिनास गाउँपालिका–३ मा सडकमा लेडिज पर्स फेला पारे । पर्समा रहेको सवारी चालक अनुमतिपत्रको आधारमा सनाखत भएपछि उक्त पर्स सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे ।

हरिनास–२ की भवानी थापालाई उक्त पर्समा भएको नगद र गहना इन्सपेक्टर क्षेत्रीले वडाध्यक्ष परशुराम सिग्देलको रोहबरमा हस्तान्तरण गरेका हुन् । पर्समा नगद ८ हजार ४ सय ५० रुपैयाँ, सवा तोलाको सुनको सिक्री, आधा तोलाको सुनको औंठी, नागरिकताको प्रमाणपत्र, चालक अनुमतिपत्र, चेकबुक लगायत महत्वपूर्ण कागजात रहेको इन्सपेक्टर क्षेत्रीले बताए । ‘प्रहरी जनताको साथी हो । यदि अरु कसैले पाएको हुन्थ्यो भने पनि खोजी जिम्मा गर्ने कर्तव्य हाम्रो हुन्थ्यो’, उनले भने, ‘आफ्नो ड्यिुटी पुरा गर्दै भेटाएको सामान फिर्ता गरेँ ।’

Loading...