माथिबाट झरेको ढुंगाले लाग्दा युवकको मृत्यु

मुख्य समाचार समाज

खोटाङ, २९ वैसाख, गिटी कुटिरहेको समयमा माथिबाट खसेको ढुंगाले लाग्दा खोटाङमा एक युवकको मृत्यु भएको छ । कुलो निर्माणका लागि आवश्यक गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको मृत्यु भएको हो ।

शनिबार माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका कार्कीको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।

कार्कीलाई राजापानीको पाटीटारमा ढुंगाले लागेको थियो । ढुंगाले लागेपछि गम्भीर घाइते भएका कार्कीको स्वास्थ्य चौकी बुईपामा सामान्य उपचारपछि धरान लैजाने क्रममा राजापानीको रेग्मीटारमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरी निरीक्षक कट्वालले बताए ।

Loading...