भक्तपुर चेम्बर अफ कमर्शको अध्यक्षमा न्हुछेरत्न

आजको बजार मुख्य समाचार

भक्तपुर, २९ वैशाख, २०७६ । भक्तपुर चेम्बर अफ कमर्शको अध्यक्षमा न्हुछेरत्न मानन्धर चुनिएका छन् । मानन्धरको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको हो । शनिबार भक्तपुरमा गरिएको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो ।

नयाँ समितिमा कविदास धौबजी श्रेष्ठ उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ सचिव, जगतबहादुर श्रेष्ठ कोषाध्यक्ष तथा सदस्यहरुमा चन्द्रभक्त श्रेष्ठ, अष्टबज्र बज्राचार्य, लक्ष्मीबहादुर श्रेष्ठ, रामगोपाल सुवाल र राध्ये सैंजु छन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले ठुला उद्योगदेखि रैथाने परम्परागत पेशा व्यवसाय गर्नेहरुलाई चेम्बरले सघाउने बताए । भक्तपुरको हस्तकला, कृषि, घरेलु उद्योग लगायतबाट उत्पादन हुने उपजलाई राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्ने बताउँदै नवगठित भक्तपुर चेम्बरलाई यसतर्फ ध्यान केन्द्रित गर्न उनले अनुरोध गरे ।

भक्तपुर चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष मानन्धरले आफ्नो कार्यकालमा तीन चरणमा भक्तपुरको औद्योगिक विकास, व्यवसाय प्रवद्र्धन तथा व्यवसायीको क्षमता विकास गराउने प्रतिबद्धता जनाए । व्यवसायीले आआफ्नो व्यवसाय मात्र गरेर नपुग्ने बताउँदै कर तथा हिसाबकिताबको ज्ञान अनिवार्य हुनुपर्ने उनले बताए ।

Loading...