हेरोइनसहित भारतीय नागरिक पक्राउ

ट्राफिक/प्रहरी प्रदेश मुख्य समाचार

विराटनगर, २८ वैशाख, २०७६ । मोरङको धनपालथान–३ स्थित भित्री सडकबाट भारततर्फ लैजाँदै गरेको सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कुरसाकाटाका ३६ वर्षीय सन्तोष मण्डल छन् ।

मोरङ प्रहरीका अनुसार प्रदेश नं. १ प्रहरीको विशेष टोलीले भारतीय नागरिक मण्डललाई पक्राउ गरेको हो । प्रहरीले मण्डलले चलाएको डि एल ७ सी एम ०१७६ नम्बरको स्कारपीयो जीप चेक जाँच गर्दा मेड इन थाइल्याण्ड डबल टाइगर नामको १ सय ६० ग्रामको सेतो हेरोइन बरामद भएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

Loading...