छात्राहरुलाई प्रतिरक्षा तालिम

मुख्य समाचार शिक्षा

तानसेन, २८ वैशाख, २०७६ । नेपाली सेनाको पाल्पा स्थित गोरखदल गणले यौन हिंसा, बलत्कार र दुर्व्यवहारका घटनाबाट जोगिन सप्ताहाव्यापी आत्मरक्षा तालिम सञ्चालन गरेको छ । तानसेन नगरपालिका–६, टुँडिखेलमा एक हप्ता छात्राहरुलाई आत्मरक्षा एवम् प्रतिकार गर्न तालिम प्रदान गरिएको गोरखदल गणका गणपति सुरज थापाले बताए ।

थापा भन्छन्, ‘आत्मरक्षा तालिमले सानातिना समस्याबाट जोखिन सकिनुका साथै सुरक्षित रहन एवम् आफू स्वयम्ले आफूलाई कमजोर छु भन्ने ठान्दा र प्रतिकार गर्न चतुराई नअपनाउँदा महिला हिंसा र यौन दुर्व्यवहारको सिकार हुनबाट जोगाउँछ ।’ उनले हिंसाका घटनामा वृद्धि भएकोले छात्रा विद्यार्थीलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको बताए ।

गणका मेजर मनोज डङ्गोलले तालिमले छात्रालाई भावनात्मक रुपमा बलियो बनाउने भएकोले यस्ता घटना स्वतः कम हुने विश्वास गरिएको बताए ।

आत्मरक्षा तालिममा सेन्ट क्यापितानियो स्कुलबाट ६७ जना, बेथल इङ्लिस बोडिङ्ग स्कुलबाट ५६ जना, विजु इङ्लिस बोडिङ्ग स्कुलबाट २५ जना, वृन्दावन एकाडेमीबाट २३ जना, पाल्पा आवासिय मावि र विज्डम इङलिस बोडिङ्ग स्कुलबाट ८/८ जना गरी जम्मा १ सय ८७ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Loading...