युवा कृषि मञ्चको अध्यक्षमा जयराम सिग्देल चयन

कृषि मुख्य समाचार

बनेपा, २८ वैशाख, २०७६ । कृषि क्षेत्रमा क्रियाशील युवाहरुको संस्था युवा कृषि मञ्चको पहिलो अधिवेशनबाट काभ्रेका जयराम सिग्देल अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा कल्पना तिम्सिना (ताप्लेजुङ), महासचिवमा कृष्णप्रसाद पौड्याल (स्याङ्जा), सचिवमा बाबुराम आचार्य (कपिलबस्तु) र कोषाध्यक्षमा नरेन्द्र विष्ट (बैतडी) रहेका छन् ।

यस्तै सदस्यहरुमा नारायण अधिकारी (दैलेख), रश्मी पण्डित (काठमाडौं), पुरुषोत्तम हुमागाईं (ललितपुर), जयकला बस्नेत (खोटाङ), संजय चौधरी (रौतहट) र तारा कुमारी खत्री (बाँके) रहेका छन् ।

कृषि क्षेत्रमा आवद्ध युवाहरुलाई एकत्रित गर्ने, कृषि क्षेत्रमा क्रियाशील यूवाहरुलाई सशक्तिकरण गर्ने तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि काम गर्ने उद्देश्यका साथ मञ्चले काम गरिरहेको नवनिर्वाचित अध्यक्ष सिग्देलले बताए ।

अधिवेशनकै अवसर पारेर राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र, सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था र यूवा कृषि मञ्चले धुलिखेलमा राष्ट्रियस्तरको प्राङ्गारिक कृषि उपज उत्पादन र बजारीकरण सम्बन्धी गोष्ठीको आयोजना गरेको थियो ।

Loading...