इन्भेष्टमेन्ट कम्पनी खोलेर ठगी गरेको आरोपमा सिंह पक्राउ

आजको बजार मुख्य समाचार समाज

सर्लाही, २८ वैशाख, २०७६ । बचत तथा ऋणको कारोबार गर्ने बहानामा १ सय ७६ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन् । चन्द्रनगर गाउँपालिका–४ बबरगंज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई ठगीको आरोपमा ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले पक्राउ गरेको हो ।

विकासोन्मुख ईन्भेष्टमेन्ट प्रा.लि.को नामबाट अवैध रुपमा बचत तथा ऋणको कारोबार गर्दै आएका सिंहले लालबन्दीका निश्चल राई, विक्रम कुमार मोक्तान, करुण मिक्चन, रोहन तामाङ, प्रमिला ढकाल लगायत १ सय ७६ जनालाई करिव डेढ वर्ष अगाडिदेखि सदस्य बनाई ३० लाख रुपैंया ठगी गरेको प्रहरीले जनाएको छ । दुई महिनादेखि कार्यालय बन्द गरी फरार रहेका सिंहलाई विशेष सुराकीका आधारमा प्रहीले लालबन्दीबाटै पक्राउ गरेको हो ।

सिंहले संस्थाको शाखा कार्यालयहरु सर्लाहीकै बयलवास र बरहथवामा समेत स्थापना गरी अवैध रुपले बचत तथा ऋणको कारोबार गर्दै सर्वसाधारणलाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । सर्लाही अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

Loading...