नेपाली चलचित्र ‘१२ सत्ताईस’ बन्ने

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २८ वैशाख, २०७६ । नेपाली चलचित्र ‘१२ सत्ताईस’ बन्ने भएको छ । शनिबार राजधानी काठमाडौँमा कलाकार, निर्माता, निर्देशकसहितको निर्माण टिमले एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको घोषणा गरेको हो ।

चलचित्रमा नवकलाकारहरु समीर श्रेष्ठ र काजी राना रहेका छन् । यसैगरी अविशेक नेपाल, सम्रान्त थापा, एभन राज उप्रेती, भीष्म जोशी र अस्मिता खनालको अभिनय रहने छ । चलचित्रको मुख्य अभिनेतृमा अस्मिता लामिछाने रहने छिन् ।

यो चलचित्रलाई जोन योन्जोनले लेखन तथा निर्देशन गरेका हुन् । ह्याप्पी प्लानेट फिल्मसको प्रस्तुती रहेको यो चलचित्रलाई रेनु राणा, दीपक खतिवडा र रुपक थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यो चलचित्रका दृश्यहरु अनिश श्याङ्देनले छायाङ्कन गर्ने छन् भने कृष्ण भण्डारीले सम्पादन गर्नेछन् ।

यही वैशाख ३१ गतेबाट छायाङ्कनमा जाने निर्देशक योन्जोनले जानकारी दिए । चलचित्र काठमाडौँ, धादिङ र सिन्धुपाल्चोकका विभिन्न ठाउँमा सुटिङ गरिने उनले जानकारी दिए । चलचित्रको रिलिज मिति भदौ टार्गेट गरिएको छ ।

तीन बेरोजगार युवाको कथामा यो चलचित्र बन्ने जनाइएको छ । चलचित्र डार्क कमेडी जेनरामा बन्ने निर्माण पक्षले जनाएको छ ।

Loading...