राजेश हमाल पहिलोपटक बाजुरामा !

मनोरञ्जन मुख्य समाचार

बाजुरा, २५ वैशाख, नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल बाजुरा आइपुगेका छन् । बुढीगंगा नगरपालिका–२ मा निर्माण भएको बाल स्याहार गृहको उद्घाटनका लागि हमाल बाजुरा आएका हुन् । हमाल पहिलो पटक बाजुरा आएका हुन् ।

बाल स्याहार गृह उद्घाटन समारोहमा सहभागी हुन हमाल नेपालगञ्ज विमान स्थल हुँदै बाजुरा आएका हुन् । हमाल बुधबार बिहान ब्रह्मतोला पुगेको कन्सन बाजुराका अध्यक्ष बहादुर थापाले बताए ।

अनाथ बालबालिकाको सुरक्षा र संरक्षणका लागि बालगृह निर्माण गरिएको जनाइएको छ । बालगृह नेपालका कान्छा सफाई अभियन्ताको रुपमा परिचित केपी खनालको अगुवाईमा ६० लाख बराबरको लागतमा निर्माण गरिको हो ।

बालगृहलाई केपी खनालले राजेश हमालमार्फत कन्सर्न बाजुरा नामक गैर सरकारी संस्थालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बालगृह उद्घाटन समारोहको तयारी अन्तिम चरणमा पुगेको छ । हमालसहित पूर्वमन्त्री कर्णबहादुर थापा लगायतका नेता तथा समाजसेवीको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।

हाल १४ जना अनाथ बालबालिका बसिरहेको बालगृहलाई जिल्लाका सबै स्थानीय तह र सरकारी संयन्त्रको साझा सरोकारको केन्द्रका रुपमा विकास गर्ने तयारी कन्सन बाजुराले गरेको छ । सथै अनाथ बालबालिकाको साझा घर बनाउने अभियानसहित भवन निर्माण गरिएको संस्थापक अध्यक्ष गणेश थापाले बताए ।

तस्विर: फायल

Loading...