पेस्तोलसहित चार जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

तनहुँ, २५ वैशाख, २०७६ । तनहुँ प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई प्रकाउ गरेको छ । बुधबार शुक्लागण्डकी नगरपालिका–२ नर्सरी कालिका मन्दिर नजिकैबाट स्थानीय २२ वर्षीय विपिन पुन, २३ वर्षीय सन्जिव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।

गाँजा सेवन गरिरहेका उनीहरुलाई गस्तीमा गएको प्रहरीको टोलीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट कटुवा पेस्तोल र एक सय ग्राम गाँजा समेत बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्विर: सांकेतिक