किशाेरकिशाेरी स्वास्थ्य तथा विकास रणनीति परिमार्जन

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, २४ वैशाख, २०७६ । सरकारले १९ वर्षपछि राष्ट्रिय किशाेरकिशाेरी स्वास्थ्य तथा विकास रणनीति परिमार्जन गरेकाे छ । मुलुक संघीयतामा गएकाले स्थानीय तहमा सेवाकाे विस्तार साेही अनुसार गर्नुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साे रणनीति परिमार्जन गरेकाे हाे ।

सरकारले राष्ट्रिय किशाेरकिशाेरी स्वास्थ्य तथा विकास रणनीति २०५७ लाई परिमार्जित गरेकाे हाे । परिवार कल्याण महाशाखाले काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरी परिमार्जित रणनीति २०७५ सार्वजनिक गरेकाे जानकारी गरायो । किशाेरकिशाेरीका स्वास्थ्यका विषयमा सरकारले धेरै काम र लगानी गर्न आवश्यक रहेकाे महाशाखाका निर्देशक डा. आर. पि बिच्छाले बताए ।

परिमार्जित रणनीतिमा स्थानीय, प्रादेशिक र संघीयत सरकारले किशाेरकिशाेरीकाे स्वास्थ्य तथा विकासका लागि गर्नुपर्ने काम, विभिन्न निकायकाे सहभागिता, किशाेर-किशाेरीकाे नेतृत्व तथा समान सहभागिता लगायतका विषय थप गरेकाे बिच्छाले बताए । परिमार्जित रणनीति आगामी सात वर्षसम्म मात्र केन्द्रित रहने महाशाखाले जनाएकाे छ ।

Loading...