यौनधन्दा गराएको आरोपमा होटल सञ्चालिका पक्राउ

पर्यटन मुख्य समाचार

इटहरी, २३ वैशाख, २०७६ । युवतीलाई ग्राहकसँग बसाएर र पैसा लिएर यौनधन्दा गराएको आरोपमा इटहरीबाट एक जना होटल सञ्चालिका पक्राउ परेकी छिन् । प्रहरीले इटहरी वडा नं.– ६ कै वीपी चोकको फ्यामेली होटल एण्ड खाजा घरकी सञ्चालिका टीका राईंलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी ४३ वर्षीया राईंलाई प्रहरीले पैसा लिएर यौनधन्दा गराएको आरोपमा मानव वेचबिखनमा मुद्दा दर्ता गरेको जनायो । इटहरीमा यौनधन्दा गराएको आरोपमा एकपछि अर्को होटल सञ्चालक पक्राउ पर्ने क्रम बढ्दो छ ।

पछिल्लो समय इटहरी तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ । तर, पनि बेला बेलामा घटना दोहोरिने गरेको छ । प्रहरीले कडाई गर्न छाडे पुनः यौनधन्दा मौलाउने हुँदा चेकजाँच भने रोकेको छैन । यसरी चेकजाँच गर्दा बेला बेलामा पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले जनाए ।

Loading...