सहकारीका सञ्चालक नै चोरीको आरोपमा पक्राउ

मुख्य समाचार विषेश समाचार समाज

इटहरी, २३ वैशाख, २०७६ । मोटरसाइकल चोरीको आरोपमा इटहरीको खनारमा सञ्चालित खनार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् । सप्तरी घर भई इटहरी वडा नं. ८ बस्ने २८ वर्षीय सन्तोष साह पक्राउ परेका हुन् ।

घटनाक्रम अनुसार दुई दिनअघि इटहरी बजारको चौरास्त चोक नजिकै राखेको बा ९२ प ४१०३ नम्बरको मोटरसाइकल घिर्सादै लाने क्रममा स्थानीयले घेरा हालेर प्रहरीलाई खबर गरेलगतै सुनसरी भोक्राहा–नरसिंह वडा नं. ५ का १९ वर्षीय रामवरण यादव पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेपछि यादवको मोवाइलमा थुप्रैपटक फोन आएको नम्बर प्रहरीले ‘रिसिव’ गर्यो । जसबाट साहको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इटहरी वडा नं. ४ का बद्रीप्रसाद राउतको मोटरसाइकल रामवरणले चोरी गरेर लाने क्रममा स्थानीयले घेरा हालेर पक्राउ गरेका थिए ।