नेपालका सबै सरकारी वेबसाइट ५ घण्टा चिनियाँ ह्याकरको नियन्त्रणमा

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, २३ वैशाख, २०७६ । आइतबार कार्यालय समय सुरु भएसँगै नेपालका सरकारी वेबसाइट दिनभरजसो चलेनन् । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । एकैपटक सर्भर डाउन हुँदा वैदेशिक रोजगारी, राहदानी, राजस्व र मालपोत लगायतका सरकारी सेवा लिन बसेका सेवाग्राहीले निक्कै सास्ती खेप्नु पर्यो ।

अन्ततः ५ घण्टापछि चिनिया ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगायो ।

चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमणको प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए । उनका अनुसार निरन्तर आक्रमणकै कारण सरकारी वेबसाइटमा समस्या आएको हो । ुआक्रमण रोक्न हामीले लगातार प्रयास गर्यौ । तर, छिनछिनमा हुने आक्रमणले सबै सरकारी वेबसाइट एकसाथ बन्द हुन पुगेु, उनले भने, डाटा सेन्टरमा सुरक्षा प्राणालीका रुपमा डिजिओएस हार्डवेयर र उच्च क्षमताको सर्भर प्रयोग गरिएको छ । त्यसका बाबजुद वेबसाइटमा आक्रमणकारीले एकैपटक ठूलो मात्रामा ट्राफिक पठाउँदा थेग्न नसकेपछि सर्भर डाउन भएको होु, आजको नयाँ पत्रिकाले लेखेको छ ।

चिनिया ह्याकरले ५ घण्टा नियन्त्रणमा लिँदा कति डाटा चोरी भयो र सर्भर र डाटामा कस्तो असर पुग्यो खुलाइएको छैन ।