सोलुको वन तथा वातावरण संरक्षणमा ठोस कदम चाल्न ध्यानाकर्षण

कृषि मुख्य समाचार

सोलुखुम्बु, २१ वैशाख, २०७६ । प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ ले सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार सांसद राईले संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतलाई भेटेर हिमाली जिल्ला सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कार्यक्रम डिजाइन गर्नका लागि आग्रह गरे ।

उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लामा जलवायू परिर्वतनको असर वर्षेनी बढ्दै गइरहेकोले वातावरण संरक्षणमा केन्द्रीय सरकारले ध्यान दिनुपर्ने बताए । ‘जिल्लामा एक हजार भन्दा बढि मेगावाटको हाईड्रोपावर संचालनमा रहेकाले पनि वन तथा वातावरण जोखिममा परेको छ ।’ सांसद राईले भने, ‘ती प्राकृतिक सम्पदाको संरक्षणका लागि पनि संरक्षणको ठोस कदम चाल्नुपर्छ ।’ समयमै वातावरण संरक्षणमा चासो नदेखाएर पछुताउनुको विकल्प नहुने उनको भनाई छ ।

मन्त्रीसँगको भेटमा नेकपाका प्रदेश सदस्य धु्रव शर्मा पराजुली र रिपोर्टस् क्लब प्रदेश संयोजक भानुभक्त निरौला समेत सहभागी थिए ।

Loading...