गौरबाट एक किलो सुनसहित साह पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

रौतहट, २० वैशाख, २०७६ । रौतहट प्रहरीले एक किलो सुनसहित एकजना तस्करलाईसमेत पक्राउ गरेको छ । शुक्रबार गौर नगरपालिकाको वडा नम्बर–४ स्थित बसपार्कबाट लु ४१ प ५८०३ नम्बरको मोटरसाइकलमा एक किलो तस्करीको सुन बोकेर लैजादै गरेको अवस्थामा वडा नम्बर– ५ का २१ वर्षीय अनिकेश साहलाई जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट २ सय ५० ग्रामका सुनका ४ वटा बिस्कुट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले बताएका छन् । तस्करीको सुन लिएर आउँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पप्पु नायकको कमाण्डमा खटिएको टोलीले उक्त मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा एक किलोग्रामको ४ वटा सुनको टुक्रा फेला परेका थिए ।