गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

पर्यटन मुख्य समाचार

चितवन, १७ वैशाख, गैँडाको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नम्बर– २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो ।

खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई सोमबार ९ बजे गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आक्रमणमा गम्भीर घाइते भएका महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उपचारका लागि अस्पताल लगिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।