बोक्सीको आरोप लगाउने पक्राउ

मुख्य समाचार समाज

इटहरी, १७ वैशाख, २०७६ । बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने सुुनसरी इनरुवाका एक पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । इनरुवा वडा नं.- १० का पवन खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।

खत्वेलाई मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ । खत्वेले गाउँकै महिला शकुन्तला खत्वेलाई विवाह कार्यक्रम गएको बेला बोक्सी भनेर दुर्व्यवहार गरेका थिए । सकुन्तलाको किटानी जाहेरीका आधारमा पवनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।