खुम्बुबाट ५ वटा अवैध ड्रोन क्यामेरा बरामद

पर्यटन मुख्य समाचार

सोलुखुम्बु, १७ वैशाख, २०७६ । खुम्बु क्षेत्रमा अनुमति विना प्रयोग गरिएका ड्रोन क्यामेरा नियन्त्रणमा लिइएको छ । सगरमाथाको बेसक्याम्प र नाङपाला क्षेत्रमा पर्यटकले अवैध रुपमा प्रयोग गरिरहेको ५ वटा ड्रोन क्यामेरा सगरमाथा राष्ट्रिय निकुञ्जले नियन्त्रण गरेको हो ।

ती क्यामरा यहि सिजनमा नेपाली तथा विदेशी पर्यटकले प्रयोगमा ल्याएका थिए । राज्यले ताकेको निकायबाट अनुमति नलिई आफूखुसी प्रयोग गरेकाले बरामद गर्नुपरेको निकुञ्जका संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।

पर्यटन विभाग र गृह मन्त्रालयबाट स्वीकृती लिएपछि मात्र ड्रोन क्यामरा प्रयोग गर्न पाइन्छ । अनुमति नलिई क्यामरा प्रयोग गरेका विदेशी र नेपाली नागरिकको ड्रोन कारबाही स्वरुप निकुञ्जले जफत गरेको छ भने लिलाम बिक्री गरी संकलित राजस्व राज्यलाई दाखिला गरिने संरक्षण अधिकृत भट्टराईको भनाई छ ।

Loading...