सर्वसाधारणले घरघरबाट बुझाउन ल्याए अवैध हतियार

ट्राफिक/प्रहरी प्रदेश मुख्य समाचार

बाजुरा, १६ वैशाख, २०७६ । अवैध हतियार बुझाउन सरकारले गरेको आग्रह अनुसार सर्वसाधारणले घरघरबाट हतियार बुझाउन ल्याएका छन् । घरेलु प्रयोजनका लागि राखेका ३१ थान हतियार विशेषगरी भरुवा बन्दुक स्थानीयले प्रहरीलाई बुझाएका हुन् ।

पछिल्लो २ महिनामा मात्रै ३१ नाल अवैध घरेलु हतियार प्रहरी कार्यालय बाजुरामा बुझाइएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । जिल्लामा गएको वर्ष चैत्र १ गते ३५ दिन सूचना जारी गरेको थियो ।

सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी कार्यालय, स्थानीय तहमा राखिएका इलाका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा बुझाएका थिए । जिल्ला प्रहरी कार्यालयमा बुझाइएका सबै ३१ थान घरेलु बन्दुक रहेको प्रहरीले बताएको छ । बुझाइएका मध्ये २४ थान वैध र ७ थान अवैध घरेलु बन्दुक छन् ।