बालबालिकाकाे खाेपमा वर्षेनी चार अर्ब खर्च

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, १५ वैशाख, २०७६ । खाेपकाे पहुँचमा बालबालिकाकाे संख्या बढाउनका लागि थप लगानी आवश्यक रहेकाे बाल स्वास्थ्य तथा खाेप सेवा शाखाले जनाएकाे छ । नेपाल बालराेग समाजले गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै बाल स्वास्थ्य तथा खाेप सेवा शाखाका प्रमुख डा. झलक गाैतमले खाेपकाे क्षेत्रमा थप लगानीकाे आवश्यक रहेकाे बताए ।

खाेपकाे पहुँच बढाउनका लागि सुक्ष्म याेजना बनाइ अघि बढेकाे उनकाे भनाई छ । नियमित खाेपकाे मात्रा पुरा गर्ने बालबालिकाकाे संख्या सन् २०११ मा ८७ रहेकाेमा २०१६ मा ९ प्रतिशतले घट्दै ७८ प्रतिशतमा झरेकाे थियाे ।

एक प्रतिशत बालबालिकाले भने कुनै पनि प्रकारका खाेप नपाएकाे सरकारकाे तथ्यांक छ । शाखाका अनुसार २६ प्रतिशतले आ‌शिक खाेपकाे मात्रा पुरा गर्छन् । ६ लाख ३० हजार बालबालिकाकाे खाेपका लागि सरकारले वर्षेनी चार अर्ब बजेट विनियाेजन गर्छ । सरकारले बालबालिकाका लागि ११ वटा राेग विरुद्ध नि:शुल्क खाेप उपलब्ध गराएकाे छ । सरकारले एचपीभी, टाइफाइडकाे खाेप थप्ने समेत तयारी गरेकाे छ ।