ताजै… एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १५ वैशाख, नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज थाइल्याण्डमा भएको फाइनल खेलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गरेको हो ।

१४१ रनको लक्ष्य भेट्टाउन ब्याटिङ गरेको मलेसियाले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउन पुग्दा जम्मा ८१ रन बनाउन सक्यो मलेसियाका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाउन सके जसमा हजिक एमानले १८, मोहम्मद अजामले १६ र जिनेन्द्र मुरलीले १४ रन बनाएका थिए ।

मलेसियामाथि सहज जीत हासिल गर्न सफल नेपालका तर्फबाट विशाल कुमार पटेलले ४ विकेट लिएका थिए भने दीपक बोहराले पनि तीन विकेट झारेका थिए । नेपालका प्रशान्त महतले ४० रन, दीपक बोहराले २३ रन, विशाल विक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रन जोडेका थिए । नेपालले पहिलो इनिङमा ३५ ओभर खेल्दा ९ विकेट गुमाउँदै १४० रन जोडेको थियो ।

Loading...