सिमरौनगढको सांस्कृतिक सम्पदाका चुनौति

मुख्य समाचार विचार विषेश समाचार

– शीतल गिरी

नेपालमा आफ्नै विशेष संस्कृति भएका विभिन्न जातिहरू छन् । यही नै नेपालको विशेषता हो । यसैमा नै सुन्दरता रहेको छ ।

नेपालको तराई क्षेत्रमा अवस्थित सिमरौनगढ सन् १०९७ देखि १३२६ अर्थात् २२९ वर्षसम्म तत्कालिन कर्णाटवंशी देव नामधारी डोयको राजधानी थियो । तत्कालीन डोय राज्यको पूर्वमा कोशी, दक्षिणमा गङ्गा, पश्चिममा नारायणी (गण्डकी) र उत्तरमा चुरेसम्म फैलिएको थियो ।

कर्णाटकवंशले राज्यगरेको डोय राज्यको राजधानी सिमरौनगढ अहिले नेपालमा रहेको छ र दक्षिणी भाग अहिलेको भारतमा परेको छ । भारतीय इतिहासकारहरूले पनि तत्कालिन कर्णाटवंशको इतिहासलाई भारतको इतिहासको एक अङ्गको रुपमा प्रस्तुत गर्दै आएका छन् । हामी कर्णाटकवंशले सिमरौनगढबाट शासन गरेको भनी नेपालको इतिहासमा लेख्दै आएका छौं । सन् १८१६ को सुगौली सन्धिपछि मात्र वर्तमानको सीमा कायम भएको हो । त्यस समयमा सीमाङ्कन भएको थिएन । भाषा, संस्कृति र धर्मको निश्चित सीमा हुँदैन ।

दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्यको उत्तरतर्फ साम्राज्य विस्तार गर्ने योजनाको मूर्त रूप डोय राज्य हो । उनको मृत्युपछि विशाल कर्णाटक राज्यबाट इ.सं.१० जुलाई १०९७ मा आफूलाई स्वतन्त्र राजा घोषणा गरी नान्यदेवले सिमरौनगढलाई राजधानी बनाए । चालुक्यहरूको विशाल कर्णाटक राज्यबाट छुट्याइएको यस नयाँ डोयराज्यको राजधानी सिमरौनगढमा योजनाबद्ध र व्यवस्थित किसिमले किल्लाबन्दी गरेका थिए । सिमरौनगढको वरिपरि ७ वटा सुरक्षात्मक पर्खालहरू बनाइएका थिए ।

नान्यदेवको बारेमा प्रचलित एक अनौठो कथा अनुसार आखेटमा जाँदा वर्तमान सर्लाही जिल्लामा पर्ने मूर्तिया नामक स्थानमा असङ्ख्य जवाहरात र सुन पाए । सोही सम्पत्तिबाट उनले राजप्रसादको थप सुरक्षाका लागि ११ वटा ठूला ठूला ढोका र २१ ठाउँमा पानीको पोखरी र अनेकौं लहरमा रुखहरू लगाएका रहेछन् । धेरैजसो भग्नावशेषले अनुमान भन्दा पनि प्रमाण जुटाउछन्, प्रमाणको महत्व धेरै हुन्छ । तब प्रमाण प्रमाणित गर्नको लागि तथ्यहरूको आवश्यकता पर्दछ केही तथ्यहरू यस्ता पनि देखिएका छन्— ई.सं.१३२६ मा डोयराज्यका उत्तराधिकारी हरिसिंहदेव दिल्लीका तुर्क बादशाह गयासुद्दिन तुगलकसँग पराजित भई उत्तरी पहाडी इलाका बागमतीको बाटो हुँदै भागी भादगाउँमा पुगे । वर्तमानमा प्राप्त राजप्रासादको ढोकामाथि प्रयोग गरिने विभिन्न कलात्मक बुट्टाहरू कुँदिएका कृष्ण पत्थरको टुक्राले नान्यदेवको राजप्रसादको अवशेष सुरक्षित राखेको आभास दिलाउँछ ।

नान्यदेवले निर्माण गराएको राजप्रसाद १७४ फुट लामो तथा १४९ फुट चौडा रहेको आज पनि अन्दाज गर्न सकिन्छ । सो राजप्रसादको चारैतिर कलात्मक शिलायुक्त स्तम्भले वरन्डा निकालिएको थियो ।

जुन ठाउँमा सभाकक्ष थियो त्यो कारीगरी हेर्दा लाग्छ त्यस समयको वास्तुकलाको उत्कृष्ट नमुना थियो । कुन कुरो बेग्लै हो भने ती कारीगरीका उत्कृष्ट नमुना आज लोपोन्मुख अवस्थामा छन् । सबै स्तम्भहरू समकोण थिए । यस राजप्रासादमा प्रवेश गर्ने मुख्य ढोका पश्चिमी भित्तामा थियो । जसलाई एउटा अर्को भित्ताले दुई भागमा विभाजित गरेको थियो । बीचमा लागेको गाह्रोले गर्दा बनेको भित्री भागसम्म पुग्न र अर्कोतर्फ जानको लागि भर्याङ बनाइएको थियो ।

राजप्रासादको मुख्य ढोकाको भित्तामा भित्र र बाहिरबाट कलाकृति कोरिएको थियो । राजप्रासादको पछाडि सेविका (सुसारे) हरूको आवाश थियो जो बलियो पर्खालले घेरिएको थियो । भग्नावशेषमा परिणत भएको सिमरौनगढको राजप्रासादले तत्कालीन संस्कृति, पारिवारिक र सामाजिक स्थितिको बारेमा जानकारी गराउँदछ ।

डोय राज्यको राजधानी सिमरौनगढ थियो । प्राचीन सम्पदा उचित संरक्षणको अभावमा नष्ट हुँदै जादैछ । ई.सं. १३०० तिरको सेविका आवासमा भनिन्छ, तीनसय युवतीहरू थिए । त्यसमध्ये केही अवधिनीहरू पनि थिए अरे । अवधिनीहरूको श्याम वर्ण, मध्यम कद र मृदु वचनले राजा हरिसिंहदेवलाई अवश्य नै आफूतिर आकर्षित गर्दो हो । केही सेविका गङ्गापारिका थिए । यी दुवैको स्वभावमा निकै भिन्नता पाइन्थ्यो भनिन्छ । गङ्गापारिका सेविकाको लाम्चो नाक र चौडा निधार, गौर वर्ण तथा तिखो आवाजले तिनीहरूको व्यक्तित्व झल्काउँथ्यो । केही हिमालवासी थिए । हिमालवासीको चेप्टो नाक, होचो कद र पीत वर्णको आफ्नै आकर्षण थियो । केही पूर्वी प्रदेशका युवतीहरू थिए ।

त्यस वर्णशङ्कर वंश वृक्षले रुप, रंग र आकृतिमा जादुगरी परिवर्तन ल्याएको जनस्रुति पनि सुन्न सकिन्छ । पूर्वी प्रदेशका युवतीहरूका उज्जवल वेश र चंचल नयनले क्षणभरमै राजाको हृदय जित्नसक्दथे । कोही मृदुल खरजको स्वरमा गाउँन निपुर्ण थिए । कुनैको कुशल प्रागल्भ आलापले सुन्ने जति मग्न हुन्थे । कुनै भावपूर्ण नृत्य विलाशले, राजा र भारदारहरूलाई खुसी पार्न सक्षम थिए । विविध गुण भएका थिए ।

सन् १०९७ देखि १३२६ सम्म डोय राज्यको राजधानी सिमरौनगढको सम्बन्ध सिमलको वनसँग रहेको नेपालमा प्राप्त सबभन्दा पुरानो वंशावली ?गोपालराजवंशावली″ ले प्रस्ट्याएको छ । हुन पनि त्यस भेकमा प्रशस्त सिमलका रुखहरू छन् । त्यसैले यस स्थानलाई सिमरावनगढ भनियो र कालान्तरमा अप्रभ्रंश हुँदै सिमरौनगढ हुन गयो । गयासुद्दिन तुगलकको आक्रमणपछि सिमरौनगढलाई एउटा घोर अवसाद र क्लान्तिको कालो बादलले उठ्नै नसक्ने गरी छोपिरह्यो ।

सिमरौनगढलाई पादरी क्यासियानोले ‘सिमानागढ’ ९क्अष्mबलबनबमब० भनी उल्लेख गरेका छन् । पादरी क्यासियानोले सिमानागढ भनेर उल्लेख गरेको कारण उनलाई उक्त शहरको नाम भन्नेले वा उनी आफैँले सुन्न वा लेख्नमा गल्ती गरेको हो । इटालीका क्रिश्चियन पादरी क्यासियानोले भक्तपुरका मानिसबाट यस ठाउँको नाम ‘सिमानागढ’ सुनेका थिए भनी चन्द्रप्रसाद त्रिपाठीले लेखेका छन् । ऐतिहासिक दृष्टिकोणले ‘सिमानागढ’ बाट सिमरौनगढ भएको विश्वसनीय लाग्दछ । डोयहरूले धेरै पटक काठमाडौँ उपत्यकामा आक्रमण गरी लुटपाट मच्याए पनि अर्को आक्रमणकारीको आक्रमण झेल्नु पर्ने कुरो बिर्सिएको हुँदा भग्नावशेष मात्र छ अहिले हामीसँग डोयहरूको । कंकाली, गढी र तुलजा भवानीको प्रसाद ग्रहण गरी डोय राजाहरूले जीवन सार्थक ठान्ने गरेका थिए । त्यस युगमा गङ्गादेखि पूर्व–उत्तर नेपालको तराईको दक्षिणाञ्चल भू–भागमा डोयराज्य समान बलियो अर्को राज्य थिएन । तर गयासुद्दिन तुगलकको आक्रमणबाट खरानी बन्न गयो ।

सिमरौनगढको छोटो समयको इतिहास भए पनि यस राज्यको सांस्कृतिक सम्पदाको विभिन्न पक्षहरूका बारेमा व्याख्या गर्न सकिन्छ । तिब्वती बौद्ध विद्वान धर्मस्वामीको वर्णन अनुसार राजधानी सिमरौनगढ सुरक्षाको दृष्टिकोणले राम्रो बन्दोबस्त गरिएको शहर विस्तृत थियो । तर हालसम्म यस क्षेत्रमा विस्तृत उत्खनन् कार्य भएको छैन । सन् १९९१ म सिमरौनगढ क्षेत्रको सांस्कृतिक कालक्रम पत्ता लगाउन गरिएको छोटो अवधिको उत्खनन् कार्यको फलस्वरुप सिमरौनगढमा चार सांस्कृतिक कालक्रमहरू १.कर्णाट पूर्वकाल, २.कर्णाट काल, ३.मुगलकाल र ४. अधुनिक कालका अवशेषहरू फेला परेको छ । विस्तृत उत्खनन् भएको खण्डमा सिमरौनगढ शहर नै फेला पर्ने धेरै सम्भावना छ । यस स्थानलाई खुल्ला सङ्ग्रहालय ९एभल ःगकभगm० को रूपमा विकास गरेको खण्डमा राजधानीको रक्षार्थ वास्तुकलाहरूको अध्ययन र अनुसन्धान गर्न सकिन्छ ।

कर्णाटकवंशी शासकहरू विशेष गरिकन तान्त्रिक शाक्त धर्ममा लागेका थिए । युद्धमा पराजय भएपछि नेपाल उपत्यकामा पुगेका हरीसिंह देव, रानी देवलदेवी, राजकुमार जगतसिंह र अनुयायीहरूले आफ्नो

Loading...