‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ कविता संग्रह सार्वजनिक

मुख्य समाचार साहित्य

काठमाडौँ, १४ वैशाख, कवि धर्मेन्द्र नेम्बाङको कविता संग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ सार्वजनिक भएको छ । काठमाडौँको अनमनगरस्थित मण्डला नाटकघरमा शनिबार आयोजित एक कार्यक्रमकाबीच सो कविता कृति सार्वजनिक गरिएको हो ।

कृतिको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि वैरागी काईला, कवि तथा प्राज्ञ श्रवण मुकारुङ, लेखक रत्नमणि नेपाल, समीक्षक अनुपमा रेग्मी, कवि हाङ्युग अज्ञात लगायतले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ कवि वैरागी काईलाले कवि धर्मेन्द्र जीउँदो भाइरस भएको बताए । उनी गाउँमा सल्किएर गाउँलाई नै कवि बनाएको र घरमा पनि कवि, लेखक उत्पादन गरेको बताए । कविले कसैको विचार बोकिदिने नभई आफ्नै विचार र दर्शन आउनु पर्ने उनले बताए । जुन धर्मेन्द्रका कविताले बोक्ने उनको भनाइ छ ।

कवि श्रवण मुकारुङले धर्मेन्द्रका कविता मौन किसिमका कविता भएकोले एक्लै बसेर ध्यानपूर्वक पढ्दा मात्रै बुझिने बताए । कृतिको शीर्षकले नै मानिसको आवाजको मूल्य बोक्ने बताउँदै उनले लोकतन्त्रको सर्वोच्च अभिव्यक्ति भएको बताए ।

कार्यक्रममा हाङयुग अज्ञात, रत्नमणि नेपाल, अनुपमा रेग्मी, र कवि स्वयमले बोलेका थिए ।

Loading...