कक्षा ९ को नेपाली विषय पाठ्यपुस्तकमा पाविकेको गम्भीर त्रुटी

मुख्य समाचार शिक्षा

खोटाङ, १४ वैशाख, २०७६ । कक्षा ९ को नेपाली विषयको पाठ्यपुस्तकमा गम्भीर त्रुटी गरेको पाइएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेर विद्यालयमा पठाएको कक्षा ९ को नेपाली विषयको पाठ्यपुस्तकमा कक्षा १० को नेपाली विषयको कभर हालेको पाइएको हो ।

नयाँ शैक्षिक–सत्रका लागि खरिद गरेर ल्याइएका विभिन्न कक्षाको पुस्तकमध्ये कक्षा ९ को कतिपय नेपाली विषयमा कक्षा १० को कभर हालेको पाइएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमावि बाँसबोटेका शिक्षक रविन सुनुवारले बताए ।

पुस्तकको थुप्रोमा कुनै–कुनै पुस्तकमा त्रुुटी भएको फेला परेको हो । ‘कक्षा ९ को नेपाली विषयको केही पुस्तकमा त्रुटी पाइएको हो’ शिक्षक सुनुवारले भने, ‘बाहिर कक्षा १० लेखिएको भए पनि भित्र कक्षा ९ कै पाठ्यावस्तु समावेश छ ।’