सधैं यस्तै देख्न, सुन्न, हेर्न पाए पो…

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १४ वैशाख, २०७६ । धेरै मान्छेको दैनिकी पत्रपत्रिकाबाट सुरु हुन्छ । बिहानै उठ्ने पत्रपत्रिका पढ्ने, चिया पिउने र अन्य कामकाजमा लाग्ने । अहिले प्रिन्ट पत्रपत्रिका धेरैको पहुँच वा अपेक्षा नभए पनि अनलाईनमार्फत पत्रपत्रिकाका सामग्री तथा समाचारहरु अध्ययन गर्दछन् ।

बिहान आँखा मिच्दै पत्रपत्रिका हेर्यो, मान्छेमा निराशमा मात्रै पैदा हुने । यता सरकारी जग्गा मिचियो, उता भ्रष्टाचार भयो, लुटपाट, हत्या, चोरी, डकैती, अभाव, गरिबी, असुरक्षा, खराब स्वास्थ्य आदि आदि । पत्रपत्रिकाका मुख्य पृष्ठदेखि अन्तिम पृष्ठसम्मका हेडलाईन, सवहेडलाइन र समाचार त्यसैमा सीमित हुन्छन् । जसले गर्दा ‘मर्निङ सोज द डे’ भनेजस्तो मान्छेको बिहानसँगै दिन पनि खराब भइरहेको छ । मान्छेमा निराशा मात्रै पैदा भइरहेको छ ।

आजको नयाँ पत्रिका दैनिकले अलि फरक प्रकृतिले आफ्नो कभर पेज डिजाइन गरेको छ । मुख्य स्टोरी नै ‘आशाको वर्ष २०७६’ भनेर मान्छेमा आशा जगाउने काम गरेको छ । निराश बनिरहेका मान्छेलाई केही त हुँदै रहेछ है…’ भन्ने महसुस गराएको छ । आशाको वर्ष २०७६भित्रः
दुई महिनाभित्रै आउँदैछ पाइपलाइनबाट पेट्रोल
बिजुली उत्पादन ११४९ मेगावाट पुग्ने
हेटौँडा–काठमाडौँ छोटो दुरीको कान्ति लोकपथ असोजभित्रै बन्ने
भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने
असारदेखि नेवानिले जापान उडान भर्ने
दुई महिनाभित्रै तातोपानी नाका खुल्ने
सबै स्थानीय तहमा पुग्दै वाणिज्य बैंक
सिमराको गार्मेन्ट जोनमा ४० उद्योग खुल्ने
एनटिसी र एनसेलको फोरजी सेवा देशैभर पुग्ने जस्ता शीर्षक निक्कै आत्मसन्तुष्टि दिने शीर्षक हुन् ।
यसैगरी कभर पेजमै बेइजिङमा राष्ट्रपतिको सम्बोधनः नेपाल–चीन सीमापार रेलमार्गमा जोड, आर्थिक वृद्धि ७ प्रतिशतनजिक जस्ता शीर्षकले पनि ठूलो आशा जगाउने काम गरेका छन् ।

सधैँको नकारात्मक र निराशावादी समाचारबाट वाक्क बनेका पाठकलाई आजको नयाँ पत्रिकाले केही राहत दिएको छ । देशमा शान्ति सुरक्षा कायम हुनु, भ्रष्टाचार अन्त्य हुनु, विकासले गति लिनु, ‘सम्वृद्ध नेपाल सुखी नेपाली’को नारा पुरा हुने चरणमा जानु भने जनतामा निराशा कम हुने थियो । पत्रपत्रिकाले सकारात्मक समाचार लेख्ने थिए । सधैँभरि आजको नयाँ पत्रिकाको जस्तो समाचार हेर्न, पढ्न, सुन्न पाए पो…! समाचारले निराशा नजगाई आशा र भरोसा जगाउन सके पो… ।

Loading...