चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर आयो (भिडियोसहित)

मनोरञ्जन मुख्य समाचार

काठमाडौँ, १३ वैशाख, २०७६ । चलचित्र ‘जात्रै जात्रा’ को ट्रेलर आज सार्वजनिक गरिएको छ । ३ मिनेट १७ सेकेण्डको ट्रेलर आज युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा कालो धनलाई सेतो बनाउन ३ जना व्यापारीले कसरी पापड बेल्छन् त्यो देखाउन खोजिएको छ । चलचित्रमा बिपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायतको अभिनय रहेको छ ।

यो चलचित्रलाई प्रदीप भट्टराई लेखन तथा निर्देशन गरेका हुन् । चलचित्र जेठ ३ गते प्रदर्शनमा आउने जनाइएको छ ।

Loading...