एनसेलले तिर्नुपर्ने कर १४ अर्ब मात्रै, तत्काल नतिर्न सर्वोच्चको आदेश !

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १३ वैशाख, २०७६ । एनसेलले लाभकर तिर्न १४ अर्ब मात्रै बाँकी रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ठूला करदाता कार्यालय र एनसेलको हिसाबकिताबमै गडबड देखिएको भन्दै सर्वोच्चले छलफल गर्नु पर्ने जनाएको छ ।

ठूला करदाता कार्यालयले एनसेलले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ तिर्नु पर्ने कर निर्धारण गरेको छ । त्यसमध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रुपैयाँ एनसेलले कर बुझाई सकेको छ । यता कर कार्यालयले बाँकी रहेको ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ बुझाउनु पर्ने भन्दै उक्त रकम बैंकमा सात दिनभित्र दाखिला गर्न निर्देशन दिएको थियो ।

एनसेलको आरोप
तर एनसेलले भने आफूले १५ प्रतिशत कर बुझाईसकेको र अब १० प्रतिशत मात्रै बुझाउन बाँकी रहेको दाबी गरेको छ । एनसेल बिक्री गर्दाको मूल्य १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजार रुपैयाँ र खरिद मूल्य १ अर्ब १२ करोड ८८ लाख रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । करदाता कार्यालयले निर्धारण गरेको कर गलत भएको एनसेलको दाबी छ । कार्यालयले ब्याज समेत असुल गर्न खोजेको एनसेलले आरोप लगाएको छ ।

अब १४ अर्ब मात्रै कर तिर्न बाँकी
एनसेलले आयकर ऐनअनुसार पूँजीगत लाभकर ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने कर दायित्व हुन आउने दाबी गरेको छ । जुन कूल मूल्यको २५ प्रतिशत हो । एनसेलले २०७३ वैशाखमा र २०७४ जेठमा लाभकरवापत २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय तिरेको जनाएको छ । उक्त रकम तिर्नुपर्ने रकमको १५ प्रतिशत हुन आउने र अब १० प्रतिशत पूँजीगत लाभकरबापत १४ अर्ब ३६ करोड ३५ लाख ७० हजार ६ सय रुपैयाँ मात्रै तिर्न बाँकी रहेको दाबी एनसेलको रहेको छ ।

सर्वोच्चको आदेशले कर तिर्ने मिति सर्यो
एनसेलले दायर गरेको सो रिटमा सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले एनसेल र ठूला करदाता कार्यालयलाई छलफलका लागि बोलाएको छ । दुबै पक्षलाई आगामी वैशाख २४ गते छलफलका लागि बोलाएको हो । जसले गर्दा एनसेलले आगामी २४ गतेसम्म कर बुझाउनु नपर्ने भएको छ ।
(पत्रपत्रिकाबाट)

Loading...