वैदेशिक रोजगारीको पीडा बोकेको गीत ‘काठमाडौँ शहर’ (भिडियोसहित)

आजको म्यूजिक मुख्य समाचार

काठमाडौँ, १२ वैशाख, गीतकार राम लामा अबिनाशीको दोस्रो म्यूजिक भिडियो काठमाडौँ शहरमा सार्वजनिक भएको छ । उदीयमान युवा गायक सबिन लामाको स्वर रहेको सो गीत मार्फत गीतकार राम लामा अबिनाशीले वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेको छन् ।

काठमाडौँ शहर नामक गीतमार्फत लामाले बाबुआमालाई काठमाडौँ शहरमा राख्ने अभिलाशाले वैदेसिक रोजगारीमा गएको छोराको सङ्घर्षलाई देखाएका छ्न् ।अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टीका कोषाध्यक्षसमेत रहेका गीतकार लामा पत्रकारितामासमेत सम्लग्न छन् ।

अमेरिकाबाट संचालित बिआरटी नेपाल अनलाइनका प्रबन्धक निर्देशक हुन् लामा । कथा, गीत, कविता र समसामयिक लेखहरु समेटिएको गीतकार लामाको साहित्यिक सङ्ग्रह छिट्टै बजारमा आउने तयारीमा छ। नेपाली साहित्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले गीतकार लामाले अन्तर्राष्ट्रिय साहित्य समाज मार्फत २५ सय अमेरिकी डलरको राम लामा साहित्य पुरस्कार समेत स्थापना गरेका छ्न्। सो पुरस्कार हरेक दुई वर्षमा प्रवासमा रहेर नेपाली साहित्यको अभिवृद्धिमा सम्लग्न साहित्यकारलाई प्रदान गर्ने गरिन्छ। अमेरिकाका सफल व्यवसायी तथा गीतकार लामा अमेरिका–नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत हुन्। गीतकार लामा सामाजिक कार्यमा समेत त्यतिकै सकृय छन्।

यस अघि गीतकार लामाको मेरो बदनाम नामक बोलको गीत गायक यम बरालको स्वरमा म्यूजिक भिडियोसहित सार्वजनिक भएको थियो । जसलाई धेरैले रुचाएको छन्।

युवा गायक सविन लामाको निर्देशन रहेको काठमाडौँ शहरमा नामक म्यूजिक भिडियोमा कलाकार हरु सुशील रेग्मी, भावना पाठक, रोजित खत्रीआदिको जीवन्त अभिनय देख्न सकिन्छ। उक्त गीतको छायाङ्कन नेपाल भित्र र नेपाल बाहिर कतारमा गरिएको निर्देशक लामाले जानकारी दिए ।

सो गीतको म्यूजिक किसन गुरुङ र सबिन लामाको रहेको छ। काठमाडौँ शहर नामक उक्त गीतलाई युट्युब लिन्कमा हेर्न सकिन्छ।

Loading...