चोरीको मोटरसाईकलसहित दुई जना पक्राउ

मुख्य समाचार समाज

महोत्तरी, ११ वैशाख, २०७६ । छुट्टाछुटै स्थानबाट मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई चोरीको मोटरसाईकलसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २०७५ भदौं २३ गते औरही नगरपालिका ५ बस्ने रामबिनय मुखियाको घरबाट चोेरी भएको ज ६ प १७३४ नम्बरको मोटरसाईलसहित रामगोपालपुर ४ बस्ने २८ वर्षीय बलेश्वर मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खडकाले बताए ।

पीडित मुखियाले घरबाटै मोटरसाईकल चोरी भएको उजुरी प्रहरीमा गरेपछि घटना भएको ६ महिना पश्चात चोरी भएको मोटरसाईकलसहित बलेश्वर मुखियालाई पक्राउ गर्न सफल भएको डिएसपी खडकाले बताए ।

इलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कठुघारबाट खटिएको प्रहरी टोलीले औरही नगरपालिका ४ स्थित कठुवारबाट सम्सी तर्फ जाँदै गरेको अवस्थामा मोटरसाईकल फेला परेको थियो ।

सो मोटरसाइकल चोरीमा चोरहरुको गिरोह नै संलग्न हुन सक्ने भएकोले थप अनुसन्धान भइरहेको डिएसपी खडकाले बताए ।

यसैगरी वैशाख ९ गतेका दिन सम्सी गाउँपालिका वडा नं. ६ सम्सी बजारमा पसल अगाडि पार्क गरिराखेको बीआर ३० एस ०६२९ नम्बरको मोटरसाईकल चोरी भएको र तत्काल प्रहरी टोली सक्रियता बढाएपछि गौशाला ५ स्थित जिरोमाईलबाट मोटरसाईकलसहित गौशाला नगरपालिका ४ रजखोर बस्ने २२ वर्षीय रन्जस्त सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।