मेयरले दिए अग्नीपीडितलाई २ महिनाको तलब

प्रदेश मुख्य समाचार

सर्लाही, ११ वैशाख, सदरमुकाम स्थित मलंगवा नगरपालिकाका मेयरसहित सम्पूर्ण जनप्रतिनिधिले आप्mनो तलबबाट अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन् । मलंगवा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबको रकमबाट अग्निपीडितलाई आइतबार राहत सहयोग गरेका हुन् ।

मलङ्गवा नगरपालिका–१० जिविस चौक स्थित आगलागीबाट ध्वस्त भएका ६ वटा पसलधनीलाई राहत सहयोग प्रदान गरिएको हो । आगलागीबाट ६० लाख भन्दा बढीको क्षति भएको थियो ।

आगलागीपीडित ८ परिवारलाई नगरप्रमुख निरसल साह, १२ वटै वडाका वडाध्यक्ष र कर्मचारीले तीन लाख ८० हजार रुपैयाँ सहयोग गरेका हुन् । नगरप्रमुख साहले दुई महिनाको, वडा नम्बर १० का वडाध्यक्ष मुकेश झाले दुई महिनाको, १ देखि १२ वडासम्मका अन्य वडाध्यक्षहरुले एक महिनाको, खरिदार भन्दा माथिका कर्मचारीले पाँच दिनको र कार्यालय सहयोगीहरुले एक दिनको तलब बापतको रकम अग्नी पीडितलाई प्रदान गरिएको हो ।

आगलागीबाट क्षति व्यहोरेका जीतेन्द्र ठाकुरलाई एक लाख ५० हजार, प्रमोद ठाकुरलाई एक लाख २५ हजार, हुसेनी मियाँलाई २० हजार, रामकिसुन पासवानलाई २० हजार, शम्भु ठाकुरलाई २० हजार, अरबिन्द प्रसाद यादवलाई १५ हजार, बबिता साहलाई १० हजार र रामध्यान साहलाई १० हजार रुपिँया प्रदान गरिएको नगर प्रमुख साहले जानकारी दिए ।